शुक्रबार, १६ चैत २०८०

पेट्रोल हाँल्दा कतै ठगिने गर्नुभएको त छैन ? यि ८ कुरामा अवश्य ध्यान पुर्याउँनुहोस 

समयपोष्ट २०७३ पुष १२ गते ८:४७

गाडी अथवा मोटरसाईकलमा पेट्रोल हाँल्दा तपाई ठगिन सक्नुहुन्छ । यसको लागि केही सावधानी अपनाउँनुभयो भने तपाई पेट्रोल पम्पमा ठगिनबाट जोगिनुहुन्छ । 

Advertisement

१. पेट्रोल हाँल्न सधै डिजिटल मिटर भएको पेट्रोल पम्पमानै जाने गर्नुहोस् । डिजिटल मिटर नभएका पम्पहरुले तपाईले भनेको मुल्य बराबरको पेट्रोल नदिन पनि सक्छन् । पेट्रोल पम्पका स्टाफले तपाईलाई ठगि गरेको तपाईले थाहै पाउँनुहुन्न । 

२. पेट्रोल भर्दा मिटर रोकिदै चलेको छ भने तपाईको सवारी साधनमा पनि पेट्रोल रोकि रोकि खसेको हुन्छ । मिटर बारम्बार रोकिदै पेट्रोल हाँलिदा तपाईको साधनमा तपाईले तिरेको मुल्यको पेट्रोल परेको नहुँन पनिसक्छ । यदि कुनै पेट्रोल पम्पमा पेट्रोल दिदा मिटर रोकिदै चल्दै गरेको देख्नुहुन्छ भने जानिराख्नुहोस् त्यहाँ पक्कै गडबड छ । 

३.अधिकांश मानिसहरु गाडीमा पेट्रोल ,डिजेल राख्दा गाडीबाट बाहिर निस्कने गर्दैनन् । जसको भरपुर फाईदा पेट्रोल पम्पका स्टाफहरुले लिने गर्दछन् । गाडीमा पेट्रोल,डिजेल राख्दा मिटर अगाडी उभिएर  ध्यान दिएर हेर्नुहोस् । तपाई धोका हुनबाट जोगिनुहुन्छ । 

४.पेट्रोल भर्दा पम्मको मिटरमा जेरो त देखिएको हुन्छ तर तपाईसंग गफ गरेको बहानामा तपाईको ध्यान भड्काएर साधनमा पुरा पेट्रोल नहाल्न पनि सक्छ। यस कुरामा सर्तक रहनुहोस् । पेट्रोल पम्पको मिटरमा मुल्य र कति लिटर भर्ने हो त्यो देखिएको छ छैन बिचार गर्नुहोस् । 

५. पेट्रोल हाँल्दा मिटरमा जेरोबाट सुरु भएको त देख्नुभएकै होला । तर रिडिङ्ग हुँदा कुन अंकबाट सुरु गर्छ बिचार गर्नुहोस् । रिडिङ्ग सुरु हुँदा कम्तिमा पनि तिन अंकबाट हुनैपर्छ । यदि तिन भन्दा माथिबाट सुरु भयो भने सम्झनुहोस् तपाईलाई धोखा हुँदैछ । 

६.तपाईले पेट्रोल भर्न लाग्दा मिटर एकदम छिट्टो चलेको छ भने पनि त्यसमा केही गडबढ छ भनेर बुझ्दाहुन्छ । मिटरको गति अधिक भन्दा पनि नर्मल हुन अति आवश्यक हुन्छ । मिटर छिट्टो चलेको छ भने पेट्रोल पम्पको स्टाफलाई गति नर्मल गर्न भन्नुहोस् । 

७.सधै पेट्रोल भर्दा मानिसको चहलपहल हुने पम्पबाट भर्नुपर्दछ । सधै सुनसान पेट्रोल पम्पबाट पेट्रोल भर्नबाट जोगिनुपर्छ । सुनसान पम्पबाट भर्दा तपाईले तिरेको मुल्यमा पेट्रोल नपाउँन पनि सक्नुहुन्छ । यस्ता पम्पबाट पेट्रोल भर्दा पाईपबाट सबैभन्दा पहिले पेट्रोल भन्दा हावा निस्किने गर्दछ । जसले गर्दा तपाईको पेट्रोल ट्याङकमा पेट्रोल भन्दा पहिले हावा पुग्छ । मिटरमा रिडिंग त सही देखिन्छ तर तपाईले भने जति पेट्रोल साधनमा परेको हुँदैन । 

८. पेट्रोल कहिले पनि खालि ट्याङकमा नभर्नुहोस् । जति ट्याङक खालि हुन्छ उतिनै हावा ट्यांकमा भरिएको हुन्छ । खालि ट्यांकमा पेट्रोल भर्दा हावाको कारण पेट्रोल कम पर्छ पैसा भने बढी तिर्नुपर्नेहुन्छ ।  कहिले पनि ट्यांकलाई रिजर्भमा आउँने नबनाउँनुहोस् । आधा ट्यांक सधै भरिएको अवस्थामा साधनलाई राख्नुहोस् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री