बुधबार, १२ वैशाख २०८१

अन्तराष्ट्रिय स्तरकाे सुबिधा सहित टोयोटाको नयाँ शोरुम संचालनमा आयो

समयपोष्ट २०७३ पुष १० गते ९:२९

अन्तराष्ट्रिय स्तरकाे सुबिधा सहित टोयोटाको नयाँ शोरुम ललितपुरको कुपण्डोलमा संचालनमा आएको छ ।  टोयोटा गाडी बिक्री गर्दै आएको इष्टलिंक मोर्टस प्रालिले शनिबारदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।

Advertisement

शोरुमको  टोयोटा गाडीका नेपालका लागि एक मात्र आधिकारिक बितरक युनाइटेड टेडर्स सिण्डिकेटका उपाध्यक्ष शुरज बैद्य र प्रबन्ध निर्देशक रितु सिंह बैद्यले संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा नयाँ गाडी खरिद गर्ने ७ जना ग्राहकलाई साँचो हस्तान्तरण समेत गरियो । 

नयाँ शाखामा टोयोटाका विभिन्न मोडलका गाडीहरु खरिद गर्न सकिनेछ । ग्राहकले प्राडो, र्याफो, हाइलक्स लगायत सबै किसिमका टोयोटा उत्पादनहरु खरिद गर्न सक्ने कम्पनीले जनाएकाे  छ ।  कम्पनीले नयाँ शाखा स्थापना गरेको उपलक्ष्यमा टोयोटा गाडी खरिदकर्ताहरुका लागि विशेष सुविधा तथा अफरहरु  दिने जनाएकाे छ । शोरुम अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको रहेकाे कम्पनीले दावी गरेकाे छ । शाेरुममा बालबालिकाका लागि खेल्ने ठाँउ समेत निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री