बिहीबार, ६ वैशाख २०८१

सिनर्जीले आइपिओ जारी गर्यो,१९ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउँने

समयपोष्ट २०७३ पुष ८ गते ७:०७

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर (IPO) जारी गरेको छ । कम्पनीले शुक्रबार जारी गरेको कुल २१ लाख कित्तामध्ये १९ लाख ३२ हजार कित्ता साधारण सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण सेयरको आवेदन खुला गरेको हो । सिनर्जी पावरले ६३ हजार(३%) कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख ५ हजार कित्ता (५%)सेयर सामुहिक लगानी कोषहरुका लागि छुट्याएको छ । कम्पनीले १० % सेयर दोलखा जिल्लाका सम्बन्धित गाउँ बिकास समितिका आयोजना प्रभावित जनतालाई बिक्री गरि सकेको छ ।

Advertisement

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानी गर्न चाहने आवेदकले सानिमा बैंकका सबै शाखाहरु,नक्सालमा रहेको कम्पनीको कार्यालय, नक्साल स्थित बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयबाट आवेदन दिनसक्नेछन् । 

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्युनतम ५० कित्ता  र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

सिनर्जी पावरले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइड्रोपावर निर्माण गरिरहेको छ । कम्पनीले २०६५ माघ २० गते नेपाल विद्युत् प्राधिकरणसंग विद्युत् खरीदविक्री सम्झौता गरेको थियो । गत आर्थिक वर्षमा ६ करोड ४५ लाख रुपैंया नोक्सानमा रहेको कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ ।  आवेदन दिने अन्तिम  मिती पुस १२ गतेसम्म रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री