मंगलबार, ६ चैत २०८०

नागढुंगा सुरुङमार्ग बन्ने निश्चित

समयपोष्ट २०७३ पुष ८ गते ३:१९

जापानले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सुरुङ मार्ग निर्माण गर्ने निश्चित भएको छ । यातायात सञ्चालनका लागि उक्त सुरुङमार्ग निर्माण गर्न जापान र सरकारबीच बिहिबार सम्झौता भयो ।

Advertisement

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा अर्थमन्त्रालयमा उक्त सम्झौता भएको हो । यो सम्झौतासँगै लामो समयदेखि चर्चामा समित उक्त आयोजना बढ्ने निश्चित भएको छ ।

सन् २०१५ मा नै सम्झौता हुने र काम अघि बढ्ने भनिए पनि नाफा र घाटाको विषयमा रस्साकस्सीले दुई वर्ष समय खेर गएको छ । सम्झौतामा ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि जापानले ऋण उपलब्ध गराउने छ । अपुग रकम नेपालले थप्दै आयोजना सम्पन्न गर्न योजना प्रस्तुत भएको छ ।

२.४५ किलोमिटर लम्बाई रहने सुरुङमार्ग जापनी सहयोग नियोग –जाइका) ले अन्तर्राष्ट्रिय बिडिङमाफर्त निर्माण गर्नेछ । उक्त सुरुङमार्ग नागढुंगाको चेकपोस्ट नजिकको पाँटबाट धादिङसिस्ने खोलाको तल्लो भागमा निस्कनेछ । त्यसको लिंक रोड २.६ किलोमिटरको हुनेछ । काठमाडौँको सितापाइला र कलंकीको बीच भागमा रोडको लिंक रहने बताइए पनि प्वाइन्ट भने निर्धारण भएको छैन । आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री