बिहीबार, १३ वैशाख २०८१

ट्राफिक प्रहरीलाई हुन्डाई गाडीले दियो क्यामेरा

समयपोष्ट २०७३ पुष ४ गते ४:३३

हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई २५ थान क्यामरा हस्तान्तरण गरेको छ ।  

Advertisement

हुन्डार्ई मोटर्सले आप्mनो कर्पोरेट सामाजिक उत्तरदायित्व अभियान ड्रिम मुभ, नेक्स्ट मुभ, इजी मुभ, ग्रिन मुभ, सेफ मुभ र ह्याप्पी मुभमा गर्दै आएको छ । सेफ मुभअन्तर्गत हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले २५ थान ड्यास क्यामरा कास्कीका जिल्ला प्रहरी प्रमुख कमलसिंंह बमलाई हस्तान्तरण गरे ।

क्यामराले गाडीको विन्डस्क्रिनबाट निरन्तर भिडियो रेकर्ड गर्न सक्नेछ । यसले दुर्घटनाको प्रमाण दिनुका साथै ट्राफिक नियम उल्लंघन र बिमा ठगीहरू पनि नियन्त्रण गर्न सहयोग पुर्याउने अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री