मंगलबार, ६ चैत २०८०

पूरानो गाडी टाटाको नयाँ टियागोसँग एक्स्चेन्स अफर

समयपोष्ट २०७३ मंसिर २८ गते ४:०१

टाटाको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले देशभर संचालन गर्न लागेको अपग्रेड टू टियागो क्याम्पेनको शुरुवात गरेको छ । कुनैपनि ब्राण्डका पुराना गाडीहरुलाई टाटाको नयाँ टियागोसँग एक्स्चेन्स गराउने उद्देश्यका साथ उक्तअभियानको शुरुवात गरेको कुरा कम्पनीले जानकारी गराएको छ ।

Advertisement

कम्पनीले उक्त अभियानअन्तर्गत ग्राहकहरुको पुरानो गाडीको उत्कृष्ट मुल्याङ्कन प्रदान गरी अत्याधुनिक विशेषताहरुले सुसम्पन्न नयाँ टाटा टियागोसँग सट्टापट्टा गर्ने आवश्यक प्रबन्ध मिलाई ग्राहकहरुलाई छिटो छरितो सेवा प्रदानगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
देशका विभिन्न स्थानहरुमा संचालन हुने उक्त अभियान सिप्रद्री ट्रेडिङ्गको कार्यालय थापाथलीबाट मंसिर २५ मा शुरु भई, शिवाजी ट्रेडिङ्ग, तिलगङ्गा (मंसिर २६) , सिप्रदी ट्रेडिङ्ग, नक्साल (मंसिर २७),सिप्रदी ट्रेडिङ्ग, नक्साल (मंसिर २८), सिद्धार्थ कटेज, धोबीघाट (मंसिर २९), अलास्का अटोमोबाइल, बिर्तामोड (मंसिर २६ र २७), ग्लोबल अटो ट्रेडर्स, विराटनगर(पौष १ र २), गिरिजा अटोमोबाइल, जनकपुर (मंसिर २९) र लाहान(पौष ३) र आर.बि. मोटर्स् नारायढघाटमा (मंसिर २९, पौष १ र २) मा संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री