शुक्रबार, ७ वैशाख २०८१

भेनेजुएलाले नोटमा प्रतिबन्ध लगायो

समयपोष्ट २०७३ मंसिर २७ गते ८:५६

भेनेजुएलाले सय रुपियाँको नोटमा प्रतिबन्ध लगाएको छ । आइतबार गरिएको घोषणामा राष्ट्रपति निकोलस मादुरोले ‘ड्रग’ माफियाले लुकाएर राखेको करौडौं रकमलाई बाहिर ल्याउन यस्तो कदम चालिएको बताएका छन् । भेनेजुएलामा सबैभन्दा ठूलो नोट नै सयको हो। भेनेजुएलाको सरकारले सय रुपियाँको विकल्पमा सिक्का र नयाँ नोट ल्याउने तयारी गरिरहेको छ । भेनेजुएलाको  बोलिभियन नोट अन्तर्राष्ट्रिय बजारमा १ डलरको ३ सेन्ट्स भन्दा कम रहेको छ । भेनेजुएलाले आर्थिक संकटका कारण अहिले विश्वको सर्वाधिक महंगी झेल्नु परिरहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री