शुक्रबार, १६ चैत २०८०

बिजनेश सुरु गर्ने सोचमा हुनुहुन्छ ? फेसबुकले उपलब्ध गराउँछ ८० हजार डलर

समयपोष्ट २०७३ मंसिर २७ गते ७:४२


सामाजीक सञ्जाल फेसबुक आजकाल मानिसहरुको एक अह्म हिस्सा बनेको छ । के गाउँ के शहर फेसबुक अकाउण्ट नभएको मानिस भेट्टाउँनै गाह्रो पर्छ । फेसबुकमा फोटो अपलोड गर्नु,लाईक, सेयर गर्नुको अलावा अब फेसबुकबाटै मानिसले आफ्नो करिअरको सुरुवात पनि गर्नसक्ने छन् । फेसबुकको नयाँ योजना मुताबिक ८० हजार डलरसम्म उसले बिजनेशमा सहयोग गर्ने भएको छ । 

Advertisement

फेसबुुक स्टार्टअप (Fb start-up ) :
करीब दुईबर्ष अगाडी फेसबुकले स्टार्टअप बिजनेशलाई ध्यानमा राखि यसको सुरुवात गरेको थियो । फेसबुकले यस प्रोग्रामको नामनै Fb start-up राखेको छ जसले संसारकै सबै स्टार्टअपहरुलाई फडिंग गर्ने गर्दछ । फेसबुकले २० मिलियन डलर (१३५ करोड भारतिय रुपैयाँ )स्टार्ट अप बिजनेशको सुरुवात गर्नेहरुलाई उपलब्ध गराईसकेको छ । फेसबुकबाट सहयोग पाउँनको लागि बिजनेश आईडिया फेसबिुक प्यानललाई पठाउँनु पर्नेहुन्छ । बिजनेश आईडिया चित्त बुझ्दो लागे फेसबुकले बिजनेशको लागि सहयोग उपलब्ध गराउँदछ । 

यदी कोही वेब स्टार्टअप शुरु गर्न चहान्छ भने उसले आफ्नो आईडिया र प्लानको डिटेल [email protected] मा पठाउँनसक्छन् । तर तपाईको ब्यवसाय तपाईको देशमा बैधानिक हुनुपर्छ । यसको लागि रजिस्ट्रेशनको पनि आवश्यकता पर्नेहुन्छ । त्यसैले सुरुवात गर्न लागेको बिजनेश देशको कानुन अनुसार बैधानिक रुपमा रजिस्ट्रेशन गराउँनु पर्नेहुन्छ । तपाईले पठाउँने निवेदनमा तपाईले सुरुवात् गर्ने ब्यवसायको बारेमा र बिजनेशमा समाबेस हुने सम्पुर्ण सदस्यहरुको बिवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ । यसरी अप्लाई गरेको दुई हप्ता भित्र फेसबुक टिमले तपाईलाई प्रतिकृया उपलब्ध गराउँदछ । 

यसरी गर्छ सर्पोट :
यदी फेसबुक टिमलाई तपाईको आईडिया चित्तबुझ्यो भने उसले शुरुवातमा तपाईलाई टुल्स र सर्विसेसको फ्रि प्याकेज दिन्छ । जसको मुल्य ८० हजार अमेरिकी डलरसम्म हुनेगर्दछ । सर्विसेसको लागि फेसबुकले तपाईलाई प्रडक्ट म्यानेजर,इञ्जिनियरर्स,अनलाईन अपरेसनस्,इभेण्टको माध्यमबाट सर्पोट ,वेबिनार्स (वेबमा आधारित गोष्ठी) ,इमेल र स्टार्टअप कम्युनिटीसंग भेटघाट गराउँने गर्दछ । 
 

फेसबुकले फंडिंग गरेका स्टार्टअपहरु :

भारतको उत्तराखण्ड राज्य स्थित रहेको आईआईटी रूड़की भन्ने स्थानमा अमनजोत मल्होफत्राले सुरु गरेको स्टार्टअप पार्टीलाई एफबि स्टार्ट प्रोग्रामले फंडिंग गरेको छ ।  त्यस्तै ब्यांगलोरको फ्लिकसप कंटेंट डिस्कत्वरी सोशल नेटवर्क, लाई पनि  फेसबुकको सहयोग मिलेको छ ।  भारतको फेशन इकमर्श प्लाटफर्म काउटलुटलाई लगभग चालिस हजार डलर fb ले फंडिंग गरेको छ । प्रेगनेंसी र बेबी केयर मोवाईल एप हिलओफाईलाई पनि फेसबुकले ४० हजार क्रेडिटको अलावा फ्रि टुल्स,र सर्बिसेस प्रदान गरेको छ । त्यस्तै भिडियोवाइब नामक स्टार्टअपलाई पनि फेसबुकले फंड प्रदान गरेको छ । 
fb स्टार्टले सिर्फ मोवाईल र वेब स्टार्ट अपलाई मात्र सपोर्ट गर्ने गर्दछ । यसमा इकमर्श प्लाटफर्म,सोसल साईट्स,गेमिंग साईट्स,वेब भिडियो, आदिजस्ता प्रमुख हुन् । स्टार्ट अपलाई फेसबुक इनोभेटिवले वरियता दिने गर्दछ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री