बिहीबार, १३ वैशाख २०८१

पुष्पालाई सिएनएन सुपर हिरो २०१६ को उपाधि

समयपोष्ट २०७३ मंसिर २७ गते ६:५३

अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरो २०१६ को उपाधि पुष्पा बस्नेतले प्राप्त गरेकी छन् । 

Advertisement

अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१६ को उपाधि पुष्पा बस्नेतलाई प्रदान गरिएको हो । बस्नेतले यसअघि सन् २०१२ को सिएनएन हिरोको उपाधि समेत प्राप्त गरिसकेकी छिन् ।  

उनले  काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आएकी छिन् । बाल विकास केन्द्रमा अभिभावकको साथ जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खाना लगायतको सुविधा प्रदान गरिदै आएको छ । 

योसँगै पुष्पाले आफूले सञ्चालन गर्दैआएको  कामको लागि ५० हजार डलर पनि प्राप्त गर्नेछिन् । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री