शनिबार, ८ वैशाख २०८१

एभरेष्ट बैंकले ल्यायो पैसा रकमान्तर गर्ने सेवा

समयपोष्ट २०७३ मंसिर २५ गते ८:१४

एभरेष्ट बैंकले भारतको पंजाब नेशनल बैंकको कुनै पनि शाखाहरुबाट सजिलै ‘अनलाईन’ माध्यमबाट नेपाल पैसा रकमान्तर गर्ने सेवा शूरुवात गरेको छ । 
बैंकले भारतको पंजाब नेशनल बैंकको सहायतामा भारतमा काम गर्ने कामदारले आफ्नो मोबाईलबाटै ( पंजाब नेशनल बैंकको शाखामा नगैकन) एभरेष्ट बैंक, नेपालको कुनै पनि शाखा तथा दुर्गम क्षेत्रमा अवस्थित ५०० भन्दा बढी व्यावसायिक प्रतिनिधिहरुमा रकम पठाउन सक्ने व्यवस्था मिलाएको हो ।

Advertisement

रेमिटेन्सको यस्तो नौलो सेवा बैंकले केहि महिना अगाडी देखि नै संचालनमा ल्याएको हो । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री