बिहीबार, १५ चैत २०८०

प्रधानमन्त्रीद्वारा चमेलिया आयोजनाको स्थलगत अनुगमन

समयपोष्ट २०७३ मंसिर २३ गते १२:०६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन गरेका छन् । उनले सुरुङभित्रै छिरेर आयोजनाको अनुगमन गरेका हुन् ।
चिलिमेको सुरुङ साढे चार हजार भन्दा बढी लामो छ । बीचमा सुरुङ भासिएकाले काम रोकिएको छ । तर, त्यसको मर्मत गरी १० महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने तयारी अनुसार कामलाई तिव्रता दिइएको छ ।
प्रधानमन्त्री प्रचण्डसहितको टोलीमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसमेत सहभागी थिए । आयोजना प्रमुख अजय दाहालले हालसम्म भइरहेको कामबारे जानकारी दिए ।
सुरुङमार्गको अवलोकन गरेपछि प्रधानमन्त्री प्रचण्डले सकेसम्म छिटो काम सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिए । तोकिएको समय अवधिभन्दा अघि नै काम सम्पन्न गरेमा आयोजनाका कर्मचारीहरुलाई पुरस्कृत गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । आयोजनाको कूल स्वीकृत लागत १५ अर्ब ६ करोड रुपैयाँ छ । यो आयोजना २०१७ डिसेम्बर ३० तारिखमा सम्पन्न गर्ने लक्ष्य छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री