शुक्रबार, १४ वैशाख २०८१

मुख्यमन्त्री जयललिता रहिनन् 

समयपोष्ट २०७३ मंसिर २१ गते ५:३४


तमिलनाडुकी मुख्य मन्त्री जयललिताको ६८ बर्षको उमेरमा निधन भएको छ । जयललिताको सोमबार राती ११:३० बजे चेन्नाईको अपोलो अस्पतालमा निधन भएको हो । उनी ७६ दिन देखि चेन्नाईको अपोलो अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई आईतबार राती हृदयघात भएको थियो । उनको मंगलबार ४:३० बजे मरीना किनारमा अन्तेष्टी हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राहुल गांधी र प्रणब मुखर्जी जयललितालाई अन्तिम श्रद्धान्जली दिन चेन्नाई जाने कार्यक्रम रहेको छ । भारतमा राष्ट्रिय शोक घोषणा गरिएको छ । जयललिता राजनितिमा मात्र नभै अभिनयको क्षेत्रमा पनि चर्चित नाम हो । उनले एक सय चालिस फिल्ममा अभिनय गरिसकेकी छिन् । उनी तमिलनाडुमा चार पटकसम्म मुख्य मन्त्री बन्न सफल राजनितिज्ञ पनि हुन् । उनी आठ पटकसम्म विधानसभा लडेकी र एक पटक राज्य सभाको लागि मनोनित भएकी थिइन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री