शुक्रबार, १४ वैशाख २०८१

कछुवा गतिमा अनुदान सम्झौता

समयपोष्ट २०७३ मंसिर २१ गते ३:२६

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिले मङ्सिर १५ गतेभित्र नै काठमाडौँ उपत्यकाका तीन जिल्लाका भूकम्पपीडितसँग अनुदान सम्झौता गरिसक्ने लक्ष्यसहितको कार्ययोजना सार्वजनिक गरे पनि उक्त योजनाअनुसार काम हुन सकेन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहनुभएको निर्देशक समितिको बैठकले मङ्सिर १५ गतेभित्रै उपत्यकाका भूकम्पपीडितसँग सम्झौता सक्ने निर्णय गरे पनि हालसम्म ६२ प्रतिशत लाभग्राहीसँग मात्र सम्झौता हुन सकेको छ ।
काठमाडौँँ जिल्लामा रहेका साढे ४२ हजार लाभाग्राहीमध्ये ३१ हजार नौ सयसँग मात्र सम्झौता भएको छ भने १० हजार ८३२ जनाको गुनासो दर्ता भएको छ । काठमाडौँका स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीले भने लक्ष्यअनुसार कार्य भएको दाबी गरे । आजको गोरखापत्र दैनिकबाट

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री