शनिबार, ८ वैशाख २०८१

टाटाको वातावरण मैत्री कार,जसले दिन्छ एक लिटर पेट्रोलबाट १०० कि.मि माइलेज ,सन् २०१७ मा लञ्च गरिदै 

समयपोष्ट २०७३ मंसिर १९ गते ८:०७

टाटा कम्पनीले मध्यम वर्गियलाई लक्षित गरि विशेष किसिमको कार तयार पारेको छ । टाटा मेगापिक्सलको रुपमा तयार गरिएको यस कारमा एडभान्स फिचर्सहरु राखिएका छन् । यसले एक लिटर पेट्रोलबाट सय किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । एक पटक यस कारको ट्यांक फुल बनाएपछि नौ सय किलोमिटरसम्म कारलाई कुदाउँन सकिन्छ ।  यो कार विशेषत् टाटा ग्रुपका चेयरम्यान रतन टाटाको खास अनुरोधमा कम्पनीले तयार पारेको हो । यो कारलाई सन् २०१७ मा लञ्च गरिने कम्पनीले जनाएको छ ।

Advertisement

टाटा मोटर्सले आउने साल कर्यौ मोडलका गाडीहरु लञ्च गर्नेछ जसमा टाटा मेगापिक्सल पनि सामेल हुनेछ । यो खास किसिमको कन्सेप्ट लगभग तयार भईसकेको कम्पनीले जनाएको छ । टाटा ग्रुपका अध्यक्ष रतन टाटाले यस कारलाई ८२ औ जेनेभा मोटर सो को दौरान पेश गरेका थिए । टाटाको कार नानो पछि रतन टाटा यस्तो कार बजारमा ल्याउँन चहान्थे जसले भारतिय सडकमा कम पेट्रोलमा बढी माइलेज दिन सकोस् । टाटाले यो कार मध्यम वर्गियलाई लक्षित गरि तयार गरेको हो ताकि फ्युलको महंगाईबाट मध्यम वर्गिय कष्टोमरलाई  केही राहत मिल्नसकोस् । चार जनासम्म बस्न मिल्ने यो कारलाई वातावरण मैत्री बनाईएको छ । यसको अनुमानित मुल्य भारतिय रुपैयाँ ५ देखि ६ लाख बिचको हुने कम्पनीले जनाएको छ । टाटा मेगापिक्सलमा एक लिथियम आयन फस्फेट ब्याट्री र गुडिरहेको कार रिचार्ज गर्नको लागि पेट्रोल इञ्जिन जेनेरेटर लगाईएको छ । यो कारमा ३२५ सि सि सिंगल सिलिण्डर लगाइएको छ । यो कारमा प्रतिकिलोमिटर मात्र २२ ग्राम कार्बोन उत्सर्जन हुने कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री