आइतबार, १३ फागुन २०८०

ग्लोबल कलेजले ‘पाँचौँ ग्लोबल इन्टरनेसनल कन्फरेन्स’ आयोजना गर्दै

समयपोष्ट २०८० मंसिर २१ गते १६:५०

Advertisement

ग्लोबल कलेज इन्टरनेशनलले पाँचौं ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

ग्लोबल कलेज इन्टरनेशनलले ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कूल अफ साइन्स, लिबर्टी कलेज, भ्याली भ्यू स्कूल, युनिग्लोब स्कूल, युनिग्लोब हायर सेकेन्डरी स्कूल, युनिग्लोब कलेज र अन्य मिडिया र करियर पार्टनरसँगको सहकार्यमा यही मंसीर २१ र २२ गते सम्मेलन आयोजना गर्न लागेको हो ।

पाँचौं ग्लोबल इन्टरनेशनल कन्फ्रेन्स ‘नवीनता, दिगोपन र अग्रगामी विकासका लागि व्यवस्थापन र प्रविधिको एकीकरणको उदीयमान बहस र अभ्यास’ भन्ने विषयमा केन्द्रित छ ।

सम्मेलनमा विभिन्न १८ देशका विज्ञहरू बैंकिङ, बीमा र वित्त व्यवस्थापन, व्यवसाय व्यवस्थापन, सञ्चार व्यवस्थापन, उद्यमशीलता व्यवस्थापन, मार्केटिङ जस्ता व्यवस्थापनका विभिन्न विषयमा आफ्नो प्रस्तुती दिनेछन् ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा ६ प्रमुख सत्रहरू रहनेछन् । पहिलो दिन उद्घाटन समारोह, मुख्य भाषण सत्र र समानान्तर सत्र,दोस्रो दिन प्यानल छलफलपछि सम्मेलन समाप्त हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री