आइतबार, १३ फागुन २०८०

सुबिसुको सिस्टम ह्याक, ४६ हजारभन्दा बढी ग्राहकको डाटा चोरी गर्ने २० वर्षीय युवक पक्राउ

समयपोष्ट २०८० मंसिर १९ गते १२:२७

Advertisement

सुबिसु केवल नेट प्रालिको सिस्टम ह्याक गरेर ४६ हजारभन्दा बढी ग्राहकको डाटा चोरी गर्ने युवक पक्राउ परेका छन् ।

प्रहरीले ४६ हजार २ सय ७१ जना ग्राहकको डाटा चोरी गरेको आरोपमा झापा बिर्तामोडका २० वर्षीय रिषभ घिसिङलाई पक्राउ गरेको हो ।

घिसिङले मंसिर १ गते सिस्टम ह्याक गरेर ४६ हजार २ सय ७१ जना ग्राहकको डाटा चोरी गरेको प्रहरीले दाबी गरेको छ ।

बीसीए अध्ययनरत घिसिङले सुबिसुमा डाटा कति सुरक्षित छ भनेर हेर्ने क्रममा ग्राहकको डाटा सुरक्षित नदेखिएको पाएको र त्यसबारे सुबिसुलाई आफैले जानकारी गराएको बताएका छन् ।

उनले आफ्नो घरमा जडान गरेको सुबिसु केवल नेटका लागि उपलब्ध युजरनेम र पासवर्डबाट भित्र छिरेर डाटाहरू सुरक्षित भएको नदेखेको र त्यसबारे कम्पनीलाई जानकारी गराउँदा उल्टै पक्राउ परेको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री