आइतबार, १३ फागुन २०८०

राष्ट्रिय बीमा कम्पनीको निमित्त सीइओमा कोइराला नियुक्त

समयपोष्ट २०८० मंसिर १७ गते ११:१५

Advertisement

राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सुवास कोइराला नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत शेखर बरालको राजिनामा स्वीकृत गर्दै निमित्त कार्यकारीमा प्रमुखमा कोइरालालाई नियुक्त गरेको हो ।

कोइराला कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत(डिसीईओ) थिए ।

बरालले घरायसी कारण देखउँदै मसिंर ८ गते पदबाट राजीनामा दिएका थिए । २०७९ भदौमा ४ वर्षको कार्यकालका लागि नियुक्त भएका उनले १५ महिनामा नै राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री