शुक्रबार, ७ वैशाख २०८१

प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

समयपोष्ट २०७९ पुष ९ गते १६:१३

Advertisement

नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएकोे सांसद चन्दा चौधरीले जानकारी दिनुभयो ।

जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री