शनिबार, ८ वैशाख २०८१

चिलिमेले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ मंसिर २१ गते ११:१२

Advertisement

चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६ सय ७५ रुपैयाँ २३ पैसा छ । यस अनुसार कम्पनीले ५० करोड ६३ लाख ८४ हजार ६ सय रुपैयाँ ६४ पुस बराबरको नगद लाभांश र यति नै बराबरको बोनस सेयर वितरण गर्नेछ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री