शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने

समयपोष्ट २०७९ मंसिर २० गते १९:५५

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने भएको छ ।

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुहुने उक्त महोत्सवको तयारी अन्तिम चरमा पुगेको जानकारी दिनुभयो । महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किेन झाँकी नृत्य प्रदर्शन गर्ने तयारी छ ।

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ ।

कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन् । उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषिउपजलगायतका झण्डै चार सय कक्ष रहने बताइएको छ । आगामी पुस २ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव अवधिमा झण्डै रु दश करोडको कारोबार हुने सङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री