बिहीबार, १३ वैशाख २०८१

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको शेयर कारोबार फुकुवा

समयपोष्ट २०७९ मंसिर २० गते १७:०८

Advertisement

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डुको शेयर कारोबार फुकुवा भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले मंगलबारबाट बैंकको शेयर कारोबार फुकुवा भएको हो ।

यससँगै अब बुधबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । यी २ बैंकले एक आपसमा मर्जर सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको थियो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।

सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका दर्जन बढी कम्पनीको कारोबार फुकुवा भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री