शुक्रबार, १६ चैत २०८०

एनएमबि बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ मंसिर २० गते ११:१२

Advertisement

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले हाल कायाम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाखको ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २ सय ४१ रुपैयाँ ६४ पैसा बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले बोनस शेयर प्रस्ताव गरेको छैन ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री