शनिबार, ८ वैशाख २०८१

विन नेपाल लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

समयपोष्ट २०७९ मंसिर १९ गते २०:०९

Advertisement

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरका एकाउन्न हजार दुई सय त्रियानब्बे कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्य मा प्रिमियम थप गरी निष्काशन तथा विक्रीका लागि एसबिआई मर्चेण्ट नियुक्त भएको हो ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसामा सोमबार एक कार्यक्रमकाबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री