बुधबार, १२ वैशाख २०८१

२१औं वार्षिकोत्सवको अवसरमा मेटलाइफद्धारा बीमा सचेतना कार्यक्रमको आयोजना

समयपोष्ट २०७९ मंसिर १९ गते १०:१२

Advertisement

मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको आयोजना गरेको छ ।

शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । यस कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउनु रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा मेटलाइफका सञ्चालन प्रमुख देव किशोर लालले देशको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या बीमाको दायरामा नआएकाले बीमा बारे जानकारी प्रदान गर्न कार्यक्रम महत्वपूर्ण भएको बताए ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एकका रूपमा मेटलाइफले विश्वभरका लाखौं ग्राहकहरूलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मद्दत गरेको छ । मेटलाइफ दिगो बृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसहरूको बढ्दो सुरक्षा आवश्यकताहरू पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ।”

५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको मेटलाइफले हालै १० लाख भन्दा बढी मानिसहरुलाई जीवन बीमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ । मेटलाइफले ३१६ करोड भन्दा बढी दावीहरू भुक्तानी गरेको छ र ४५,००० भन्दा बढी जनशक्ति विस्तार गरेको छ । यसका साथसाथै, मेटलाइफले डिजिटलाइज्ड सेवाहरू, अद्वितीय बीमा समाधानहरू र क्यारियर विकास अवसरहरू मार्फत प्रतिभा वृद्धिलाई बढावा दिएर नेपालमा बीमा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री