शुक्रबार, १४ वैशाख २०८१

राष्ट्र बैंकले निर्माणजन्य वस्तुको आयातमा मार्जिन हटायो

समयपोष्ट २०७९ मंसिर १६ गते १८:२८

Advertisement

नेपाल राष्ट्र बैंकले निर्माणजन्य वस्तुको आयातमा मार्जिनको व्यवस्था हटाएको छ ।

शुक्रबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले निर्माणजन्य वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएकोजनाएको छ ।

राष्ट्र बैंकले परिपत्र ०१/२०७८ को दफा १.१७ को उल्लिखित तालिकाको क्र.सं.१३ को हार्मोनिक कोड (शुरुका अंक) ६८ लाई हटाइएको बैंकले जनाएको छ ।

सो कोड अन्तर्गत टायल्स, मार्बल, ग्रेनाइट, स्लेट, ढुंगा, सेरामिक्स, ढुंगा, इटा लगायतका वस्तुहरु पर्छन् ।

यसअघि यस्तो वस्तुमा ५० प्रतिशतको नगद मार्जिनको व्यवस्था रहेको थियो ।

यस्तै, बैंकले सार्वजनिक निकायमार्फत हुने टेन्डर, सार्वजनिक खरिद निर्माणका लागि आवश्यक पर्ने सामान आयातमा पनि नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री