शुक्रबार, ७ वैशाख २०८१

एक वर्षमा मूल्यवृद्धि दर १२ प्रतिशत पुग्ने केन्द्रीय बैंकको प्रक्षेपण

समयपोष्ट २०७९ मंसिर १६ गते १८:२१

Advertisement

केन्द्रीय बैंकले आगामी एक वर्षमा मूल्यबृद्धि १२ प्रतिशत पुग्ने अनुमान गरेको छ।

केन्द्रीय बैंकले आफैँ गरेको एक सर्वेक्षणमा मुद्रास्फीति १२ प्रतिशत पुग्ने उल्लेख छ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशत पुग्ने उल्लेख छ।

केन्द्रीय बैंकले २०७९ असोज २३ देखि असोज २९ सम्म देशका ५७ सहरका ६० बजारक्षेत्रका व्यक्तिसँग अन्तवार्तामार्फत सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणमा २ हजार ४० जना सहभागी थिए ।

तीन महिना पछिको मध्ये र एक वर्ष पछिको मध्ये अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको केन्द्रीय बैंकले जनाएको छ। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन्। केन्द्रीय बैंकले कसिलो नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको प्रतिवेदनमा उल्लेख छ।।

८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री