बुधबार, १२ वैशाख २०८१

नेपाल इन्भेष्टमेन्ट बैंक ‘बैंक अफ द इयर’ अवार्डबाट सम्मानित

समयपोष्ट २०७९ मंसिर १६ गते १०:१९

Advertisement

नेपाल इन्भेष्टमेन्ट बैंकले छैठौँ पटक सन् २०२२ को ‘बैंक अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ ।

बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सियल टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले शुक्रबार बिहान लन्डनमा आयोजित समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंकलाई यो वर्षको सर्वोत्कृष्ट नेपाली बैंक घोषणा गर्दे उक्त अवार्डबाट सम्मानित गरेको हो ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले लण्डनमा आयोजित एक कार्यक्रममा अवार्ड ग्रहण गरेका छन्।

यसअघि पछिल्लो पटक सन् २०१६ मा बैंकले अवार्ड प्राप्त गरेको थियो।

पत्रिकाले यो वर्ष १५० भन्दा बढी मुलुकका बैंकलाई अवार्ड दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री