शनिबार, ८ वैशाख २०८१

नेपाल एसबिआई बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा

समयपोष्ट २०७९ मंसिर १५ गते ९:४९

Advertisement

नेपाल एसबीआइ बैंकले लाभांश घोषणा गरेको छ ।

मंसिर १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैठकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ७.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ८२ करोड रुपैयाँ छ। प्रस्तावित लाभांश वितरण पछि चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ नाघ्नेछ।

लाभांश राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री