शुक्रबार, १६ चैत २०८०

यस्तो रहेछ झ्यापझ्याप बत्ती जानुको कारण, कुलमान भन्छन्- आजदेखि जाँदैन

समयपोष्ट २०७८ पुष १६ गते १५:३२

Advertisement

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली झ्यापझ्याप गइरहने समस्या आजबाट समाधान हुने बताएका छन् ।

शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले विद्युत्को खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या निम्तिएको बताए ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरू लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताए । घिसिङले यो समस्या काठमाडौंका सबै ठाउँमा नभएर केही ठाउँहरूमा मात्र भएको बताए ।

काठमाडौं उपत्यकामा निर्माणाधीन ९ वटा सबस्टेशन बनिसकेपछि दीर्घकालीनरूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने घिसिङले बताए ।

काठमाडौं उपत्यकामा मात्रै करिव ३७ सय ट्रान्सफर्मर रहेको भन्दै घिसिङले भने, ‘ यदि फिडरमा नै समस्या आएको छ भने १०/२० वटा ट्रान्सफर्मरहरूमा समस्या आउने हुन्छ । अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मरहरु ओभरलोड भएको हो । लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरूमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरहरूपछि पनि केवलहरु घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो ।’

घिसिङ भने, ‘वास्तवमा हाम्रो विद्युतको बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिव साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ । अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वाभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौंको लोड बढेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री