शनिबार, ८ वैशाख २०८१

आईएमई लाइफद्धारा तालिम सम्पन्न

समयपोष्ट २०७८ पुष १३ गते ११:५०

Advertisement

आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बीनी, कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्धिकरण निवारण तथा आंतककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम सम्पन्न गरेको छ ।

इन्स्योरेन्सले पौष ७ देखि ९ गते सम्म उक्त तालिम सुर्खेतमा सम्पन्न गरेको जनाएको छ ।

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पति शुद्धिकरण निवारण किन गर्ने ,सम्पति शुद्धीकरणको लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाक्षेत्रको माध्यमले सेतो धन कसरी बनाईन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्र्ने, बित्तिय जोखिमाङ्ककको चरण, कम्पनीको भूमिका, कारवाही तथा सजाय आदि विषयमा अन्डरराईटिङ्ग प्रमुख सुदिप राणाबाट विस्तृत जानकारी दिइयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवी फुँयाल, हेड एजेन्सी बिजनेस कर्म राज पौडेल, लुम्बीनी र कर्णली प्रदेशका प्रमुख प्रेम तिमल्सीना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव शंशाधनबिभाग प्रमुख मनोज चौधरीको उक्त तालिममा सहभागि थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री