बिहीबार, १३ वैशाख २०८१

फोटोनका स्कुल भ्यान नेपाली बजारमा

समयपोष्ट २०७८ मंसिर २० गते १६:०३

Advertisement

फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको लग्जरी श्रेणीको १५, १६ र १९ सिटर स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ ।

ISF 2.8 क्युमिंस जडित ईञ्जिन भएको स्कुल भ्यानमा एउटै ईञ्जिनबाट चल्ने एयर कण्डिसन रहेको छ ।

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो स्कुल भ्यान सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ। विद्यार्थीलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने विद्यालयलाई लक्षित गरि नेपाली बजारमा ल्याइएको स्कुल भ्यानमा विशेष प्रकारको सुविधा रहेका छन् साथै बिद्यालय र विद्यार्थीको सुविधालाइ ध्यानमा राखेर अन्य एसेसोरिज पनि थप्न सकिने कम्पनिले जनाएको छ ।

आधुनिक ड्यासबोर्ड रहेको स्कुल भ्यानमा हरेक सिटमा ब्ऋ भेन्ट र सिट बेल्ट रहेको छ । भ्यानमा आरामदायी सेमि रिक्लाइनिङ सिट रहेका छन् भने सुरक्षालाइ ध्यानमा राख्दै एयर ब्याग पनि रहेको छ । भ्यानमा सामान राख्नको लागी पर्याप्त ठाँउको साथै व्याग समेत राखेर आरामसगँ बस्न मिल्ने व्यबस्था रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालभर १० वटा भन्दा बढी सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री