शनिबार, ८ वैशाख २०८१

हेटौँडामा चिकित्सा शास्त्रको तीन वटा कार्यक्रम सुरु

समयपोष्ट २०७८ मंसिर १७ गते २०:५६

Advertisement

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडामा चिकित्सा शास्त्रको तीन वटा कार्यक्रमको सुरुआत गरेको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उक्त कार्यक्रमको आज उद्घाटन गर्नुभएको हो । पचहत्तर प्रतिशत छात्रवृत्तिमा ३९ जना विद्यार्थीबाट प्रतिष्ठानले पढाइको सुरुआत गरेको जनाएको छ ।

प्रतिष्ठानको कूलपतिसमेत रहनुभएका मुख्यमन्त्री पाण्डेले हाल भाडाको घरबाट सुरु गरिएको अध्यापनलाई छिटै प्रदेश सरकारले आफ्नै संरचनामा विद्यार्थीहरुको अध्यापन कार्यक्रम अगाडि बढाउने जनाउनुभयो । उहाँले प्रतिष्ठानले हाल स्नातकस्तरको शैक्षिक कार्यक्रमको सुरुआत गरेकोमा आगामी दिनमा स्नाकोत्तरको सुरुआत गर्ने बताउनुभयो ।

विश्व बजारमा स्वास्थ्य जनशक्तिको ठूलो माग भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । उहाँले अबको रोजगारी स्वास्थ्य क्षेत्रमा हुने भन्दै हालसम्म नेपालबाट अदक्ष जनशक्ति श्रमिकका रूपमा विश्व बजार गइरहेको र उनीहरुको पसिनाबाट नेपालको अर्थतन्त्र चलेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण भएका र सामुदायिक क्याम्पस पढ्न चाहने छोरीलाई प्रदेश सरकारले निःशुल्क पढाउने बताउनुभयो ।

प्रतिष्ठानका रेक्टर प्राध्यापक डा शतिसकुमार देवले चार वर्षमा दक्ष चिकित्सक उत्पादनमा प्रतिष्ठानको ध्यान रहने बताउनुभयो । भौतिक संरचना बनेर पढाइ सुरु गर्न खोज्दा धेरै समय लाग्ने बताउँदै उहाँले भौतिक संरचना निर्माण अवधिसम्म प्रतिष्ठानले एक ब्याच उत्पादन गरिसक्ने जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री