शुक्रबार, १६ चैत २०८०

भौतिक पूर्वाधारमा रहेका बजेट अपेक्षित खर्च हुन सकेन : अर्थमन्त्री शर्मा

समयपोष्ट २०७८ मंसिर १७ गते २०:२२

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य र उद्देश्य पूरा गर्न राष्ट्रसेवक कर्मचारीले दत्तचित भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा राष्ट्रसेवक कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले अपराध अनुसन्धानमा सुरक्षा निकायले गम्भीरतासाथ काम गर्नुपर्ने निर्देशन दिनुभयो । मन्त्री शर्माले कोभिड प्रभावित गरीब परिवारलाई सरकारले राहत स्वरुप दिने रु १० हजार कार्यविधिअनुसार वितरण गर्नुपर्ने भन्दै सरकारले सबै प्रदेशमा एक हजार शैय्याको सरकारी अस्पताल बनाउने योजना लिएको छ भत्रुभयो ।

विकास निर्माणमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने धारणा राख्दै अर्थमन्त्री शर्माले भौतिक पूर्वाधारमा रहेका बजेट अपेक्षित खर्च हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नपुगेको ठाउँमा बजेटको माग हुने र हुने ठाउँमा खर्च हुन नसक्ने कारणले समस्या देखिएको छ भन्दै तत्काल सवारी साधन खरिद गर्न नसकिने भत्रुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कात्तिक महिनाको पहिलो साता आएको बाढीबाट भएको जनधनको क्षति बारेमा जानकारी दिनुभयो । उहाँले विपद्का कारण दुई जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको जानकारी दिँदै मृतक परिवारलाई राहत दिइसकेको र बेपत्ता परिवारलाई राहत दिने तयारी भइरहेको स्पष्ट पार्नुभयो । प्रजिअ दाहालले जिल्लामा विकासका गतिविधि निरन्तर सञ्चालन भइरहेको बताउँदै विकासमा सङ्घ, प्रदेश र स्थानीय तहमा समन्वयको अभाव रहेको जनाउनुभयो । उहाँले सडक र अन्य पूर्वाधारको काम ठेक्का लागेर पनि काम नभएकोमा जनताको व्यापक गुनसो रहेको जनाउँदै विराटनगर विमानस्थलको स्तरोत्रति गर्न यस वर्ष बजेट विनियोजन नभएको जानकारी गराउनुभयो ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उमेश बस्नेत, कोशी अस्पतालका प्रमुख डा चुमनलाल दास, कृषि ज्ञान केन्द्रका नुनुलाल उराव, ग्रामीण हुलाकी सडकका प्रमुख विजयकुमार थापाले पनि आ–आफ्ना समस्या राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री