शुक्रबार, ७ वैशाख २०८१

रियलमी नार्जो ५० ए र नार्जो ५०आई नेपाली बजारमा, यस्ता छन् विशेषता

समयपोष्ट २०७८ मंसिर १७ गते १८:३१

Advertisement

संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ ।

रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः नार्जो ५०आई र नार्जो ५०ए ल्याएको हो । कुनै पनि फिचरहरुमा सम्झौता नगरी आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प हुने कम्पनीले दाबी गरेको छ ।

लन्चको अवसरमा बोल्दै मुरारका ल्याउने ग्रुपका डिरेक्टर शिरिष मुरारकाले भन्नुभयो, “संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । यो सँगै हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो र यहि सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज नार्जो ५०आई र नार्जो ५०ए ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् । यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ ।

रियलमी नार्जो ५० ए

मिडिया टेक जि ८५ चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो जसमा पर्याप्त पावर हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्नेछन् । यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० एम पि ट्रिपल ए आई क्यामरा भएकोले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि बनाएको छ । यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामा भएको अब्जेक्टहरुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिरहरु लिन्छ । साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफि गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोर्ट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।

साथै यसको अगाडिपट्टि रहेको ए आई ब्युटी, पोर्ट्रेट मोड र अन्य फिचर्सयुक्त हाइ डेफिनिसन ८ एम पि क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्छ । यसमा भएको ६००० एम ए एच को ब्याट्रिले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइ मोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिन्छ । साथै यसमा स्पेसल ओ टि जि रिभर्स चार्ज र १८ वाट फास्ट चार्ज पनि रहेको छ । १६.५ सेन्टीमिटर (६.५“) को मिनी ड्रप डिस्प्ले भएको रियलमी नार्जो ५० ए मा अडियो र भिडियोको आनन्द लिँदै मजाले गेम खेल्न सकिन्छ ।

सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइन युक्त रियलमी नार्जो ५० ए मा इन्स्ट्यान्ट फिङर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसन भएकोले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । साथै यसमा ३ वटा कार्ड स्लट भएकोले २ वटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२८ न्द्यको) राख्न सकिन्छ, जुन २५६ न्द्य सम्म एक्स्पान्ड गर्न सकिन्छ । यो ४ जिबी+६४ जिबी र ४ जिबी+१२८ जिबीको स्टोरजमा अक्सिजन ग्रीन र अक्सिजन ब्लुमा उपलब्ध छ ।

रियलमी नार्जो ५०आई

यो सेगमेन्टको सबैभन्दा स्टेबल पर्फर्मर रियलमी नार्जो ५०आई मा शक्तिशाली Unisoc 9863 अक्टा–कोर प्रोसेसर र उत्तिकै शक्तिशाली ५००० एम ए एच को ब्याट्रि रहेको छ जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्छ । साथै यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रिको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन र अन्य AIoT उत्पादनहरु जस्तै TWS

हेडफोन, स्मार्टवाच, र स्मार्ट–ब्यान्ड पनि चार्ज गर्न मिल्छ ।

यसको १६.५ सेन्टिमिटर (६.५“) को ठूलो डिस्प्ले र ८९.५ % स्क्रिन–टु–बडी रेसियोले गर्दा यसमा भिडियो हेर्न खास मजा आउँछ । रियलमी नार्जो ५०आई को ८.९mm को सुपर स्लिम ट्रेन्डसेटिङ् डायगोनल स्ट्राइप डिजाइनले अरुको भन्दा आकर्षक र लेटेस्ट फोन चलाउन चाहने युवा पुस्ताको सजिलै मन जित्नेछ ।

यसमा भएको ८ एम पि को ए आइ क्यामरा रf२.० को लार्ज अपर्चरले पर्याप्त लाइट (प्रकाश) लिएर ३२६४ं८२४४८ सम्मको हाइ रेजोलुसन तस्बिर खिच्नुकोको साथै १०८०ए को फुल एच् डि भिडियो पनि रेकर्ड गर्न सक्छ । यो ट्याब्लेटमा पनि ३ वटा कार्ड स्लट भएकोले गर्दा यसमा २ वटा नानो सिम कार्ड र एउटा Micro USD पनि राख्न मिल्छ । र यसले २५६ GB सम्मको मेमोरी एक्स्पान्सन सपोर्ट गर्छ । यो मिन्ट ग्रीन र कार्बन ब्ल्याकमा २GB+३२GB र ४GB+GB को स्टोरजमा उपलब्ध छ ।

कम्पनीका अनुसार ४ जि बी + ६४ जि बी फोनको मुल्य १९४९९ कायम गरिएको छ भने नार्जो ५० ए ४ जिबी + १२८ जिबी अक्सिजन ग्रिनको मुल्य २११९९ तोकिएको छ । त्यस्तै रियलमी नार्जो ५०आई २ जिबी + ३२ जिबी र ४ जिबी + ६४ जिबी मिन्ट ग्रिन कार्बन ब्ल्याकको मुल्य १२९९९ र १४४९९ तोकिएको छ । यी फोनहरु मंसिर १५ गतेबाट दराज र मंसिर १९ गतेबाट सम्पुर्ण आधिकारिक विक्रेता मार्फत उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री