शुक्रबार, १६ चैत २०८०

देशभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

समयपोष्ट २०७८ मंसिर १७ गते १६:५४

Advertisement

पछिल्लो २४ घण्टामा देशभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सो अवधिमा मृतकको संख्या भने शून्य रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ जना निको भएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ जना रहेको छ भने सक्रिय संक्रमित देशभर झण्डै ७ हजार जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री