बिहीबार, १३ वैशाख २०८१

एभरेष्ट बैंकका ग्राहकलाई विदेशमा उपचार गर्दा विशेष छुट

समयपोष्ट २०७८ मंसिर १७ गते १५:५१

Advertisement

एभरेष्ट बैंक लिमिटेडले ग्राहकलाई स्वास्थ्योपचारमा छुट दिन आइएसओएन हेल्थकेयरसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओएनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका छन् ।

सम्झौतासंगै बैंकले ग्राहक र कार्ड होल्डरहरूले आइएसओएन हेल्थकेयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई र टर्कीसहित अन्य देशमा स्वास्थ्योपचार गराउँदा सात प्रतिशतसम्म छुट पाउने एभरेष्ट बैंकले दाबी गरेको छ ।

आइएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरूले आइएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुनसक्ने बताए ।

उनले विश्वका आइएसओएनका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरूसँग सहकार्य रहेको जानकारी दिए । करिब १२ लाख ग्राहक रहेको एभरेष्ट बैंकले देशभर १०५ वटा शाखा, प्रादेशिक कार्यालय, १३८ एटिएम खोलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री