बिहीबार, १५ चैत २०८०

नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

समयपोष्ट २०७८ मंसिर १७ गते १३:३५

Advertisement

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) ले लाभांश पारित गरेको छ।

बैंकले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को साधारणसभामार्फत लाभांश पारित गरेको हो ।

भर्चुअल रुपमा भएको साधारणसभामा बैंक सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलेले बार्षिक प्रतिवेदन प्रस्तुत गरका थिए। सभाले कुल १६ प्रतिशत लाभांश पारित गरेको छ। यसमध्ये १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश रहेको छ।

गत बर्ष बैंकले ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो। बैंकले ३.५५ अर्ब रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ।

बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् सेवा दिइरहेको छ। बैंक पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्डबाट सम्मानित भइसकेको छ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री