शुक्रबार, ७ वैशाख २०८१

कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा प्रदेश नेतृत्वका लागि आकांशी धेरै

समयपोष्ट २०७८ मंसिर १६ गते १४:३८

Advertisement

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूलाई दिएअनुसार उहाँ बुधबार धनगढी आइपुग्नुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद, बद्री पाण्डे र वीरबहादुर बलायरलगायत नेता नेतृत्वका लागि उम्मेदवार छान्न सक्रिय हुनुहुन्छ । कांग्रेसको नेतृत्वका लागि पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुनजंगबहादुर सिंह र गोविन्द शाह, कैलालीका पूर्वसभापति नरनारायण शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा, भरत खड्का र युवा नेता पुष्प शाही आकांशी देखिनुभएको छ ।

प्रदेश सभापतिसँगै अन्य पदका उम्मेदवारले जिल्ला÷जिल्लाबाट आएका प्रतिनिधिलाई मत माग्नाका साथै सामाजिक सञ्जालको समेत प्रयोग गरेर आफ्नो पक्षमा मतदानका निम्ती आग्रह गरिरहनुभएको छ । प्रदेशसभाको निर्वाचन तालिकाअनुसार शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने भनिएको छ ।

सुदूरपश्चिममा १६ प्रतिनिधिसभा र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रबाट गरी ९७५ प्रतिनिधि छनोट भएका छन् । कैलाली र अछामबाहेक सात जिल्लाको कांग्रेसको जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री