शुक्रबार, १४ वैशाख २०८१

एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

समयपोष्ट २०७८ मंसिर १५ गते १८:२८

Advertisement

एनएमबि बैंक ‘बैंक अफ दि इयर-एसिया’ २०२१ को अवार्डबाट सम्मानित भएको छ ।

बैंक बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनबाट ‘बैंक अफ दि इयर-एसिया’ २०२१ को अवार्डबाट सम्मानित भएको हो ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गरी बैंकले अवार्ड सार्वजनिक गरेको छ । बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण गरे।

यससंगै एनएमबि बैंक यो अवार्ड प्राप्त गर्ने नेपालकै पहिलो बैंक बनेको छ ।

यो अवार्ड नेपालका सबै बैंक तथा वित्तीय संस्थाको जीत भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले प्रतिक्रिया दिए।

उक्त अवार्ड पछि नेपालले एसियाका अन्य बैंक तथा वित्तीय संस्थासम्म पहुँच पुर्‍याउन थप सहज हुने केसीले बताए। अवार्ड जितेपछि विदेशी बैंक तथा वित्तीय संस्थाले नेपाली संस्थालाई पत्याउन सक्ने आधार तय गरेको जिकिर गरे।

बैंकले यसअघि चार वर्षमा तीनपटक ‘बैंक अफ द इयर अवार्ड’ जितेको थियो। फाइनान्सिलय टाइम्सले बैंकलाई सन् २०१७, २०१८ र २०२० मा गरी तीनपटक यो अवार्ड दिएको थियो। २०२१ मा भने बैंकले एसियाकै सर्वोत्कृष्ट बैंकको टाइटल अवार्ड जितेको हो। यससँगै ‘बैंक अफ दि एयर २०२१’ अवार्ड पनि एनएमबिले नै चौथो पटक पनि पाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री