शनिबार, ८ वैशाख २०८१

जमरापारीमा हिमालयन बैंकको नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७८ मंसिर १५ गते १२:५१

Advertisement

हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

जिल्ला स्थित टीकापुर नगरपालिका–०१, जमरापारीमा मंगलबार देखि बैंकले टीकापुर शाखा सञ्चालनमा ल्याएको हो ।

टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार सुरु गरेको छ । बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुर पश्चिम प्रदेशको सातौं शाखा हो ।

टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देब अग्रवालले वताए ।

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४६ र ५००० भन्दा बढी पि ओ एस टर्मिनल संख्या पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री