मंगलबार, ११ वैशाख २०८१

आज चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट

समयपोष्ट २०७७ पुष १५ गते ११:३२

Advertisement

चन्द्रागिरी हिल्स लिमिटेडले स्थानिय बासिन्दाहरुमा बिक्री गरिएको साधारण शेयर आज बाँडफाँट गर्ने भएको छ।

शेयर आज दिउँसो ३ बजे कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्सालमा बाँडफाँट गरिने क्यापिटलले जनाएको छ ।

कम्पनीले गत मंसिर १७ गतेदेखि पुस १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रगिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविस वडा नम्बर ३, ४, ५, ६, ७ र ८) एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुका लागि सो शेयर निष्काशन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री