बिहीबार, १३ वैशाख २०८१

नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी सुरुवात

समयपोष्ट २०७७ पुष १० गते १७:११

Advertisement

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत नक्साल तरकारी बजारमा क्यु आर कोडबाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ ।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा फलफुल तथा तरकारी खरिद गर्दा क्यु आर कोडबाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी गर्नुभयो । यस तरकारी बजारमा अपवाद बाहेक सम्पूर्ण पसलहरुमा क्यु आर कोडबाट भुक्तानी गर्न सकिने छ ।

डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको परिप्रेक्ष्यमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिंदै दैनिक उपभोग गर्ने बस्तुहरुको खरिदमा डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिन यो नमुना मोडलको थालनी भएको भन्ने हामीले बुझेका छौें ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक र सानिमा बैंकका कर्मचारी लगायत उपस्थित दर्शक तथा ग्राहकहरुले पनि फोन पे सञ्जाल अन्तर्गतका क्यु आर बाट भुक्तानी गरी डिजिटल बैंकिङ्गको अनुभव लिनुभएको छ । डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरुलाई निःशुल्क क्यु आर वितरण गरेको थियो । त्यसैगरी भायानेट कम्युनिकेसनद्धारा निःशुल्क वाइफाईको व्यवस्था गरेको छ ।

खुद्रा पैसाको झन्झट नहुने, जुन सुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा क्यु आर कोडबाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री