शुक्रबार, ७ वैशाख २०८१

कहिले हुँदैछ प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट ?

समयपोष्ट २०७७ पुष ७ गते १९:२६

Advertisement

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुँने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा अनुसार आईपीओ यहीँ साता भित्र बाँडफाँट हुँने भएको हो ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

कम्पनीको आईपीओमा १० लाख ८२ हजार आबेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको यो ५.४२ गुणा बढी हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री