शुक्रबार, १६ चैत २०८०

स्थानीय पाठय्क्रम लागू गर्दै नागार्जुन नगरपालिका

समयपोष्ट २०७७ पुष ४ गते १७:५७

Advertisement

नागार्जुन नगरपालिकाले स्थानीय पाठय्क्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । शैक्षिकसत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठय्क्रमलाई लागू गर्ने जनाएको छ ।

स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिकको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठय्क्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको शिक्षा शाखा प्रमुख कृष्णबहादुर कँुवरले बताउनुभयो । एक सय पूर्णाङ्कको सो पाठय्क्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायतका सम्पूर्ण पक्षलाई समेटेर पुस्तक तयार गरिएको नगरपालिकाले जनाएको छ । उक्त पुस्तकको नाम ‘हाम्रो नागार्जुन’ रहेको छ ।

विद्यालयका शिक्षक, स्थानीयवासी र जनप्रतिनिधिबीच छलफल तथा सहमति भई राय सुझावसहित पाठय्क्रम तयार गरिएको बताइएको छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा एक सय पूर्णाङ्कको स्थानीय पाठय्क्रम पढाइ गरिने जनाएको छ । नगरपालिकामा ५१ संस्थागत र १९ सामुदायिक विद्यालय गरी ७० विद्यालय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री