बुधबार, १२ वैशाख २०८१

एम भि अगष्टाको चार नयाँ मोडलका बाइक नेपाली बजारमा, मूल्य ५९ लाख ९० हजार

समयपोष्ट २०७७ पुष २ गते ११:५७

Advertisement

भेलोसिटी प्रालिले एम भि अगष्टा विभिन्न चार नयाँ मोडलहरुमा नेपाली बजारमा भित्राएको छ ।

भेलोसिटीका ब्रुटल ८००आरआर, ड्रयाग्स्टर ८०० आरआर पिरेल्ली (लिमिटेड एडिसन), टुरिस्मो भिलभ ८०० र ड्रयागस्टर ८०० आरआर अमेरिका (लिमिटेड एडिसन) रुचाइएका बाइक हुन्।

८०० सीसीका यी बाइकहरुमा १४० बीपीएच पावर र ८७ एनएमको टर्क रहेको कम्पनीले जनाएको छ। कम्पनीले ब्रुटल ८०० आरआरको मूल्य ४८ लाख ९० हजार रुपैयाँ छ। यस्तै, ड्रयाग्स्टर ८०० आरआर पिरेल्ली (लिमिटेड एडिसन) र ड्रयागस्टर ८०० आरआर अमेरिका (लिमिटेड एडिसन)को मूल्य समान ५९ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

त्यसैगरी, ८०० सीसीको टुरिस्मो भिलभमा ११० बीएचपीको पावरमा ८० एमएमको टर्क रहेको कम्पनीले जनाएको छ। नीलो र डार्क ग्रे रंगमा उपलब्ध यो बाइकको मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ।

उपभोक्ताहरुले कान्तिपथमा रहेको एम भि अगष्टाको शोरुम मार्फत् ग्राहकहरुले बाइक खरिद, सर्भिसिङ, स्पेयर पार्टस् तथा एसेसरिजहरु पाउन सक्ने कम्पनीले जनाएको छ।

सन् १९०७ मा उड्डयन कम्पनीबाट व्यवसायिक यात्रा सुरु गरेको एम भि अगष्टा अहिले इटालियन मोटरसाइकल उत्पादन गर्ने प्रतिष्ठित कम्पनीका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री