शनिबार, ८ वैशाख २०८१

त्रिविका रेक्टर भुसाल कारवाहीमा

समयपोष्ट २०७७ मंसिर ३० गते १३:१०

Advertisement

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिलवाल भुसाल कारवाहीमा परेका छन् ।

राष्ट्रिय सूचना आयोगले प्रा.डा. भुसाललाई ‘जिम्मेवारी पालनामा गैरजिम्मेवार रहेको’ ठहर गर्दै ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

सूचना आयोगले स्नातकोत्तर तह, भौतिकशास्त्र प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको ०७५ पुस २९ मा संचालन भएको परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका ‘संरक्षण गर्नु’ भन्ने निर्देशन दिएको थियो । त्रिविका विद्यार्थी आशिष पौडेलले दिएको उजुरीका आधारमा आयोगले सो निर्देशन दिएको हो ।

०७६ असोज १४ मा आयोगले दिएको निर्देशनको वेवास्ता गरेर अभिलेख धुल्याएपछि जवाफ दिएको भन्दै आयोगले सूचनाको हक सम्बन्धी ऐन–०६४ को दफा २८ अनुसार कारवाही गर्ने निर्णय गरेको हो । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र अन्य दुईजना आयुक्तले सो निर्णय गरेका हुन् ।
डा. भुसालसँग जरिवाना असुल गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई आयोगको बैठकले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री