शुक्रबार, १६ चैत २०८०

प्राइम लाइफको सम्पुर्ण सेवा अब अनलाइनबाटै

समयपोष्ट २०७७ मंसिर २९ गते १९:३०

Advertisement

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ ।

कम्पनीले सोमबार एक समारोहकाबीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) संग कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस लगायतको सेवाको लागि सम्झौता गरेको छ ।

उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ तथा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।

यो सेवा संगै अब बीमितहरुले घरबाटै बीमाशुल्क लगायतको भूक्तानी गर्न सक्नेछन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालय धाउनु नपर्ने भएको छ ।

ग्राहकहरुलाई छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने भएका छन ।

ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको कम्पनीले यो सेवा संगै ग्राहकहरुमा थप सन्तुष्टि बढ्ने विश्वास गरेको छ । कम्पनीका ग्राहकहरुले इसेवा, फोनपे, खल्ति जस्ता एप्सबाट समेत घरमै बसि अनलाइन सेवा मार्फत बीमाशुल्क लगायतको भुक्तानी गरिरहेकोमा कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस मार्फत समेत बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ ले हालको विषम परिस्थितीमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन सकिने जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराउनु भयो । यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री