बिहीबार, १३ वैशाख २०८१

चिनियाँ नियन्त्रणमा रहेको पाकिस्तानी बन्दरगाहबाट तस्करी भएको साढे २ अर्बभन्दा बढीको लागूऔषध बरामद

समयपोष्ट २०७७ मंसिर २२ गते १४:२७

Advertisement

श्रीलंकाका अधिकारीहरुले चिनियाँ नियन्त्रणमा रहेको पाकिस्तानको ग्वादर बन्दरगाहबाट तस्करी गरिएको साढे २ अर्ब बराबरको लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ।

मारविला थाडोवावा क्षेत्रबाट पक्राउ व्यक्तिहरुबाट १ सय किलो हिरोइन र १ सय किलो क्रिस्टल मेथम्फेटमीन बराबद गरिएको श्रीलंकाली अधिकारीले जनाएका छन्।

तस्करीमा संलग्न माथि अनुसन्धान भइरहेको र लागू औषध तस्करीमा पाकिस्तानी गुप्तचरसंस्था आईएसआई र चिनिँया खुफीया एजेन्सीहरुको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ।

पाकिस्तान र चिनिया खुफिया एजेन्सीहरुको सहायता बेगर चिनिया नियन्त्रणमा रहेको पाकिस्तानी ग्वादर बन्दरगाहबाट यति ठूलो परिणामको लागूऔष तस्करी असम्भब रहेको श्रीलंकन अधिकारीको आशंका छ । बरामद भएका लागुऔषध दुबइमा लुकेर बसेका लागुऔषध तस्कर जुदेले पठाएको आशंकामा थपअनुसन्धान अगाडी बढाइएको छ । श्रोत:जी न्युज

प्रतिक्रिया

सम्बन्धित सामाग्री