बुधबार, १२ वैशाख २०८१

सिद्धार्थ बैंकले गर्यो लाभांश प्रस्ताव

समयपोष्ट २०७७ मंसिर २० गते ८:१३

Advertisement

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैँकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भए पछि शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री