बुधबार, १२ वैशाख २०८१

निरन्तर उकालो लाग्दै सुनको मुल्य, आज कति बढ्यो ?

समयपोष्ट २०७७ मंसिर १९ गते १२:४६

Advertisement

सुनको मूल्य आज पनि बढेको छ ।

शुक्रबार सुन तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाला सुन ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भई प्रतितोला ९२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलामा २० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री